पहिलाे दलित महिला सीडियाेे वनिन सीता परियार

प्रतिभा ऐडि   ।   २०७८ फाल्गुन ६, शुक्रबार ०५:१९

काठमाडौँ — गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा सीता परियारलाई खटाएको छ । यसअघि भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी उनलाई मन्त्रालयले हुम्लाको सीडीओ बनाएर पठाएको हो । परियार दलित समुदायबाट सीडीओ बन्ने पहिलो महिला हुन् ।

दलित समुदायका पुरुषहरू यसअघि पनि सीडीओ बनिसकेका छन् । तर, महिला भने निजामती सेवामै कम छन् ।

कास्कीको रुपा गाउँपालिका–१ स्थायी निवासी परियारले शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन् । उनी सेवा प्रवेश गरेको दशक बितिसकेको छ । भक्तपुरमा सहायक सीडीओ हुनुअघि उनले तत्कालिन जिल्ला विकास समितिको कार्यालयमा स्थानीय विकास अधिकारीकोरुपमा समेत अनुभव संगालेकी छिन् ।

यसबीचमा उनले तीनवटा उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा समेत काम गरिन् । उनले धनुषाको जनकपुरधाम उपमहानगरपालिका, काठमाडौंको किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेकी थिइन् ।

कान्तिपुरमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अर्गानिक कर्णाली प्रदेश निर्माणका लागि कृषि मन्त्रालय प्रतिबद्ध

२०७८ फाल्गुन ६, शुक्रबार ०५:१९
सुर्खेत: कर्णाली प्रदेशका भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री माननीय चन्द्रबहादुर शाहीले कर्णाली प्रदेश लाई अर्गानिक प्रदेश निर्माणका लागि मन्त्रालय प्रतिबद्द रहेको बताउनु भएको छ। मन्त्री शाहीले आज मन्त्रालयले आयोजना गरेको प्राङ्गारिक खेती प्रबर्द्धन तथा रैथाने बाली सरक्षण दिबसको उद्दघाटन समारोहमा यस्तो बताउनु भएको हो। दिबसको प्रमुख अथिती समेत रहनु […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.