रवि लामिछानेले प्रप्त गरे पुनः नेपाली नागरिकता

निर्मला लोहार   ।   २०७९ माघ १५, आईतवार १४:१७

,काठमाडौं  । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुन: नागरिकता कायम भएको बताए ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए ।

त्यसैले उनी अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।

अनलाइन खबरमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेस चौतारी नेपाल स्थापना दिवसको अवसरमा जिल्ला अस्पतालका विरामीलाइ फलफूल वितरण

२०७९ माघ १५, आईतवार १४:१७
कालिकोट  । श्रमजीवी पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा कालिकोट अस्पतालमा रहेका विरामीलाई आज फलफूल वितरण गरिएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कालीबहादुर मल्ल र जिल्ला अध्यक्ष विश्वनाथ सिम्खाड विशेष उपस्थितिमा २० जना विरामीलाई फलफूल वितरण गरिएको जिल्ला सचिव डिल्लीप्रसाद चौलागाँईले जनाकारी गराउनु […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.