कालीकोट शुक्रबार रातिदेखि निषेधाज्ञा

खबरखोज सम्वाददाता   ।   २०७७ भाद्र ५, शुक्रबार १९:५१

कालीकोट /कोभिड(१९ संकट व्यवस्थापन केन्द्र कालीकोटको शुक्रबार बसेको बैठकको निर्णयअनुसार  शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

कोरोना भाइरस ९कोभिड(१९० संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी चन्ऽप्रसाद गैरेले जानकारी दिए । चाडपर्वका बेला हुने भिडभाडका कारण कोरोनाको संक्रमण फैलिने जोखिम भएकोले पनि निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार पछिल्लो समय कालीकोटमा प्रहरी, कर्मचारी र समुदायका नागरिकमा कोरोना संक्रमण देखिएको छ ।

निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सबै सेवाहरू बन्द रहने बताइएको छ । कोरोना भाइरसको महामारीबाट थप सजग र सुरक्षित रहन आग्रह गर्दै अन्यत्रबाट कालीकोट जिल्ला प्रवेशमा समेत रोक लगाइएको छ ।

कर्णालीका दश जिल्लामध्ये प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रगरसहित जुम्ला, हुम्ला, दैलेख र मुगुमा पनि निषेधाज्ञा जारी छ । जुम्लामा अनिश्चितकालीन, मुगु र हुम्लामा भदौ १५ गतेसम्म, वीरेन्द्रनगरमा ९ गतेसम्म र दैलेखमा ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मार्ने धम्की दिएर दलित बालिकाको गर्भ पतन, पीडितको ज्यान जोखिममा

२०७७ भाद्र ५, शुक्रबार १९:५१
कालिकोट/१८ वर्षीया दलित बालिकालाई बलात्कार गरी गर्भ पतन गरेको आरोपमा रास्कोट नगरपालिका–४ बसन्तपुरका ५१ वर्षीय नमराज शाहीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा शुक्रबार उजुरी परेको छ । पीडित बालिकालाई आरोपितले ०७७ जेठ महिनादेखि लगातार बलात्कार गर्दै आएको र अहिले दलितको छोरी भन्दै जवजस्ती गर्भ पतन गराएको पीडितका पिताले खवरखोजलाई बताउनु भयो । […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.