प्रेस चौतारीले दियो केन्द्रीय कमिटीलाई पूर्णता (नामावलीसहित)

प्रतिभा ऐडि   ।   २०७८ मंसिर २५, शनिबार १७:५६

काठमाडौं,  । प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । राष्ट्रिय भेलाले दिएको म्याण्डेटअनुसार चौतारीले केन्द्रीय कमिटीलाई पुर्णता दिएको हो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जारी बिज्ञप्ती जारी गर्दै संशोधित बिधानअनुसार २ सय ४९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको जनाउनु भएको छ ।

बिज्ञप्तीमा जनाइए अनुसार अनुशासनको कारबाहीमा परेर निष्कासन भएर पद खालि भएपछि चयन गरिएको हो । केन्द्रीय कमिटीका सबै आगामी महाधिवेशनमा प्रतिनिधि हुने व्यबस्था छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवशाली संगठन प्रेस चौतारी नेपालको २०७७ माघ ८ गतेको राष्ट्रिय भेलाले बिधान संशोधनसहित केन्द्रीय कमिटी बिस्तारको अधिकार प्रत्यायोजन गरेअनुसार केन्द्रीय कमिटीलाई पूर्णता दिइएको छ ।

भेलाले बिधान संशोधन गर्दै २७ सदस्यीय पदाधिकारीसहित २४९ सदस्यीय केन्द्रीय कमिटी कायम रहने ब्यवस्था गरेअनुसार संगठनबिरोधी गतिबिधिमा लागेर अनुशासनको कार्वाहीमा परेका पदाधिकारी र केन्द्रीय सदस्यलाई निश्काशन गरी निम्न बमोजिमको केन्द्रीय पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरु कायम रहेको निर्णय भएको छ ।’जनता टाइम्सबाट
यस्तो छ केन्द्रीय कमिटीको सूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव अधिकार वर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रम मान्ममा सम्पन्न

२०७८ मंसिर २५, शनिबार १७:५६
२७ मंसिर, कालिकोट । इन्सेकद्धारा प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व समिक्षा कार्यक्रम आज कालिकोट जिल्लाको सदरमुकाम मान्ममा सम्पन्न भएको छ। सन २०२१ जनावरी देखि डिसेम्वर सम्म यस जिल्लामा घटेका घटनाहरु मानव अधिकार वर्ष पुस्तकमा प्रकाशन हुनु पुर्व सत्य तथ्य बनाउने उदेश्यकासाथ इन्सेक कालिकोटको  आयोजनामा वार्षीक […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.