बस्तीस्तरबाट योजना छनौट गर्दै तिलागुफा नगरपालिका

दर्पना शाही   ।   २०८० जेष्ठ २५, बिहीबार १४:४२

खवरखोज समाचारदाता/ कालिकोट –  तिलागुफा नगरपालिकाले बस्तीस्तरमा माग अनुसारका योजना बनाउने भएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा बस्तीस्तरबाट छनौट भएर आएका जस्ताका तस्तै योजनामा बजेट विनियोजन गर्ने भएको छ । तिलागुफा नगरपालिकाले आगामी आ.व. २०८०÷०८१ का लागि बस्तीस्तरको योजना छनौट गरेको छ ।

असारको पहिलो साता भित्रै बस्तीस्तरमा योजना छनौट गरिसकेको तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले जानकारी दिए । ‘गत वर्ष प्राथमिकतामा परेर बजेटमा समावेश हुन नसकेका योजना, अगुवाले दिएका सुझावलाई आत्मसाथ गरेर योजना छनोट गर्नेछौँ ।’,उनले भने, ‘वस्तीस्तरबाट आएका योजनाहरु वडाबाट योजना छनोट भएर गएपछि नगरपालिका शाखा, उपशाखामा समेत छलफल गरी कार्यपालिका हुँदै सभामा बजेट लैजाने तयारी शुरु भएको छ ।’ बिहिवार वडा नम्बर ५ मा योजना छनौट गरिएको छ ।

बस्तीस्तरबाट आएका योजनामा समुदायको सहभागिता हुने, वास्तविक योजना निर्माण हुने, विवाद कम हुने भएकाले बजेट निर्माणमा नागरिक सहभागितालाई जोड दिइएको उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए । ‘स्थानीय आवश्यकताको पहिचान बस्तीकै नागरिकहरुले गर्ने भएकाले योजना तर्जुमामा पालिकाले बस्तीको सहभागिता बढाएको हो’ उनले भने ।

‘बस्तीका जाँदा स्थानीय आवश्यकता पहिचानमा मद्दत पुग्ने भएकाले बस्तीस्तरमा योजना छनौट गरिएका हुन् ।’ उनले भने्,‘यसरी योजना छनौट गर्दा सबै क्षेत्रको समावेशी सहभागीता हुने भएकाले सबैले आफ्ना आवश्यकताहरु पालिकासँग दर्शाउन सक्ने भएकाले बस्तीस्तरमा नै पुगेर योजना छनौट गरिएका हुन् ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा पहिलो पटक कवडी खेल हुँदै

२०८० जेष्ठ २५, बिहीबार १४:४२
कालिकोट – कालिकोट जिल्लामा पहिलाे पटक कवडी खेल हुने भएको छ । असार १५ गतेदेखि जिल्ला सदरमुकाम मान्ममा पालिका स्तरीय कवडी खेल हुने भएको कवडी खेलका राष्ट्रिय खेलाडी जगदीश विष्टले जानकारी दिएका छन । पहिलाे पटक संचालन हुन लागेकाे खेलमा २५ वर्ष मुनि महिला तथा पुरूष उमेर समुहले भाग लिन […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.