कर्णाली प्रदेशमा थप ४८ जनामा कोरोना संक्रमण

खबरखोज सम्वाददाता   ।   २०७७ आश्विन ७, बुधबार १७:४८

सुर्खेत,/कर्णालीमा बुधबार थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ४८ जनामा कोरोना पुष्टि भएकाे हाे ।

संक्रमण पुष्टि हुनेमध्ये ८ जना स्वास्थ्यकर्मी, ४ जना सरकारी कर्मचारी, ७ जना नेपाल प्रहरी, ४ जना विद्यार्थी, दुई जना नेपाली सेना रहेका छन् ।

योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ३ हजार २ सय ७६ पुगेको छ । बुधबार कर्णालीका बिभिन्न आइसोलेसन र अस्पतालबाट १७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । याेसहित  कर्णालीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ७ सय ३१ पुगेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँच्न भन्दा यहाँ मर्न गाह्रो

२०७७ आश्विन ७, बुधबार १७:४८
यस धर्तीमा जन्म भइसकेपछि धेरै संघर्ष गर्नुपर्छ बाँच्नलाई । तर जीवनमा जतिसुकै संघर्ष गरे पनि अन्ततः पुग्ने त्यही मसानघाट हो । तैपनि हामी मृत्युबाट सधैं भागिरहेका छौं । जस्तै : अहिले कोरोना भाइरसबाट बचेर बाँच्ने ध्याउन्नमा मानिसको दैनिकी नै बदलिएको छ । लकडाउन वा निषेधाज्ञामा खुम्चिँदै मानिसले मास्क, स्यानिटाइजर, हात […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.