सरकारले गोविन्द केसीको ज्यान बचाउनुपर्छ : माधव नेपाल

खबरखोज सम्वाददाता   ।   २०७७ आश्विन २०, मंगलवार १३:३९

२० असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षामा सरकारले तत्काल ध्यान दिनुपर्ने बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा २३ दिनदेखि अनशनरत डा. केसीको जीवन रक्षा पहिलो प्राथमिकता भएको बताउँदै नेता नेपालले अनलाइनखबरसँग भने,’ उहाँको जीवन रक्षा पहिलो प्राथमिकता हो, त्यसर्थ सरकारले तत्कालै अनशन अन्त्य गर्ने वातावरण बनाएर उहाँको ज्यान बचाउनुपर्छ ।’

पूर्वप्रधानमन्त्री नेपालले नेकपाले समाजवादी नीति लिएका कारण स्वास्थ्य क्षेत्रमा सामान्य जनताको पहुँच स्थापना गर्ने पक्षमा पार्टी उभिनुपर्ने बताए ।

साथै सरकारले विगतमा डा. केसीसँग गरेको सम्झौता कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने उनले बताए ।

‘तर, अहिले डा. केसीको ज्यान बचाउनु प्राथमिक महत्वको विषय हो,’ बरिष्ठ नेता नेपालले अनलाइनखबरसँग भने, ‘सरकारले तत्काल यसमा पहल गरोस् ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

८९० अर्ब कर उठाउने आन्तरिक राजस्व र भन्सार विभागको अठोट

२०७७ आश्विन २०, मंगलवार १३:३९
२० असोज, काठमाडौं । मुलुकभित्र व्यापार सहजीकरण, व्यवसायिक वातावरण निर्माण तथा राजस्व संकलनको जिम्मा पाएका दुई निकायले चालु आर्थिक वर्ष २०७७/७८ मा ८९० अर्ब रुपैयाँ राजस्व संकलनको प्रतिवद्धता व्यक्त गरेका छन् । आन्तरिक राजस्व विभाग र भन्सार विभागले कोभिड १९ को विषम परिस्थितिका वावजुत तोकिएको लक्ष्य पुरा गर्ने प्रतिवद्धता व्यक्त […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.