अर्गानिक कर्णाली प्रदेश निर्माणका लागि कृषि मन्त्रालय प्रतिबद्ध

खबरखाेज समाचारदाता   ।   २०७८ फाल्गुन ६, शुक्रबार १८:१३

सुर्खेत: कर्णाली प्रदेशका भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री माननीय चन्द्रबहादुर शाहीले कर्णाली प्रदेश लाई अर्गानिक प्रदेश निर्माणका लागि मन्त्रालय प्रतिबद्द रहेको बताउनु भएको छ।

मन्त्री शाहीले आज मन्त्रालयले आयोजना गरेको प्राङ्गारिक खेती प्रबर्द्धन तथा रैथाने बाली सरक्षण दिबसको उद्दघाटन समारोहमा यस्तो बताउनु भएको हो।

दिबसको प्रमुख अथिती समेत रहनु भएको मन्त्री शाहीले मन्त्रालयले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश निर्माणका लागि तीन खम्बे अर्थ नीति लिएर अघि बढेको योजना बनाएको पनि बताउनु ।

मन्त्री शाहीले कर्णाली प्रदेशमा उत्पादन हुने रैथाने बाली हरुको उत्पादनमा जोड दिदै यसको बजारीकरण समेत गर्न किसान लाई बिना ब्याजमा ऋण उपलब्ध गराउने ब्यबस्था रहेको पनि बताउनु भयो।

त्यस्तै कृषि क्याम्पसमा लगानी कृषि अनुसन्धान केन्द्रको स्थापना गर्ने समेत बताउनु भयो। मन्त्री शाहिले दिबसकै दिन आज कर्णाली सौगात गृहको उद्द्घाटन गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय स्वास्थ्यकर्मी संघ कालिकोटको दाेस्राे जिल्ला अधिवेशन सम्पन्न

२०७८ फाल्गुन ६, शुक्रबार १८:१३
 कालिकाेट खाँडाचक्र नगरपालिका-१ स्थित हाेटल काेटदरवारमा रास्ट्रिय स्वास्थ्यकर्मी संघ कालिकोटको दाेश्राे जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । रास्ट्रिय स्वास्थ्यकर्मी संघ कालिकाेटका पूर्व अध्यक्ष रबिन्द्र सेजुवालकाे अध्यक्षता ,नेकपा एमाले कालिकाेटका अध्यक्ष जसि प्रसाद पाण्डेकाे प्रमुख आतित्यथा सर्व सहमत 21 सदस्यिय रास्ट्रिय स्वास्थ्यकर्मी संघ कालिकोटको गठन भएकाे छ । नामावली सहित दाेश्राे […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.