नेकपा एसनिकट युवा संघकी वरिष्ठ उपाध्यक्ष क्रान्ती बुर्लाकाेटी एमालेमा

खबरखाेज समाचारदाता   ।   २०७८ आश्विन २१, बिहीबार १६:२६
काठमाडौं । नेकपा एसनिकट युवा संघकी वरिष्ठ उपाध्यक्ष क्रान्ती बुर्लाकोटी एमालेमै फर्किएकी छन् । एमालेको विवादको बेला माधव नेपाल समूहले गठन गरेको समानान्तर कमिटीको वरिष्ठ उपाध्यक्ष रहेकी क्रान्ती पार्टी विभाजनपछि पनि सोही समूहमा थिइन् ।
हालै गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनमा भाग लिएर बुर्लाकोटीले नेकपा एससँगको आबद्धता तोडेकी हुन् । उनका पिता पूर्व सांसद गुरु बुर्लाकोटी नेकपा एसको नेता हुन् ।

पति डा. सन्तोष पौडेलसँगै उनी गोदावरीको विधान महाधिवेशनमा सहभागी भएपछि क्रान्तीले नेकपा एस छाडेकी हुन् । सन्तोषका पिता पुन्य पौडेल पनि एमाले कास्कीका पूराना नेता तथा पूर्वजिविस सभापति हुन् ।

क्रान्तीलाई २०७५ जेठ २ अघिकै जिम्मेवारी दिनेगरि छलफल भइरहेको युवा संघका अध्यक्ष किरण पौडेलले बताए । उनी जेठ २ अघि उपाध्यक्ष थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देउवाले धाेका दिएकाे काँग्रेस युवा नेता बमकाे आराेप

२०७८ आश्विन २१, बिहीबार १६:२६
कालिकाेट । नेपाली काग्रेसका युवा नेता माेतिराज बमले  प्रधानमन्त्री एवम पार्टी सभापति सेरबहादुुर देउवाले आफुलाई जिल्ला सभापति हुनबाट बञ्चित बनाएकाे आराेप लगाउनु भएकाे छ । हालै सम्पन्न नेपाली काँग्रेसकाे जिल्ला अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिनु भएका नेता बमले बुधबार पत्रकार सम्मेलन मार्फत सभापति देउवाले आाफुनिकट नेताहरूलाई फाेन गरेर माेतिराज बमलाई […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.