कालिकाेट दशलाका २४ घर पहिराेकाे उच्च जाेखिममा

खबरखाेज समाचारदाता   ।   २०७८ आश्विन ३, आईतवार १९:५६

कालिकोट — जिल्लाको खाँडाचक्र नगरपालिका–८ दशाला लुवारवाडा टोलका २४ घर पहिरोको उच्च जोखिममा परेका छन् ।
नगरपालिका– ८ नम्वर वडाले लुवार गाउँको फेदीमा स्काभेटरले मार्फत वातावरणिय र जोखिमको नक्साङनै नगरी धमाधम सडक खनेपछी लु्वार गाउँका २४ घर पहिरोको उच्च जोखिममा रहेका हुन् ।
विगत देखीनै वर्खाको समयमा पहिरोको पीडा खेपिरहेका लुवाबाडाका स्थानिय गत माघ महिनामा वडा सरकारले त्यही जोखिम गाउँको मुनिबाट सडक खनेपछी २४ घरको जमिन भासिएर घर फाट्नुका साथै वस्तीनै वगिरहेको छ ।
अहिले पनि पहिरो बगिरहेका कारण २४ घरका परिवारहरु राति घरमा सुत्न डराएर लेखतिर गाइ गोठमा जाने गरेको स्थानीय जगे नेपालीको गुनासो रहेको छ । उनले वडाले राति डोजर लागाएर वाटो खेनेपछि वस्ती जोखिमा परेको थियो तीन पटक प्रहरी मुचुल्का गररे लिए पनि हालसम्म कुनै निकायवाट सुनुवाई नभएको समेत राखे ।
यस्तै सोही ठाउँकी पहिरो पीडित अधिकारी विकले हाम्रा वस्ने घरहरु पहिरोले बगाई रहेको छ, जनप्रतिनिधि मुखदर्शक भएका छन्, भोट दिएर जिताए पनि हाम्रा पिडा कसैले वुझेनन् । आकाशमा बादल लागेपछी आफ्नो मुटुले ठाउँ छोड्छ, कतीवेला घरनै बगाएर मरिन्छ भन्ने चिन्ताले आफुहरु जोखिमै वस्नु पर्ने वाध्यता छ । चुनावमा भोट माग्ने अघिपछी जन्तालाई समस्या परेको वेला सहयोग नगरे सरकार के को लागी र कसको लागी? भन्दै गुनासो गरिन् । उनले भनिन्’ ‘यो ठाउँ छोडेर जाउ भने, अन्त कतै बस्ने जाग्जा जमिन छैन । नछोडौँ पहिरोले घर चिरा परेको छ, वस्ती बगिरहेको छ । कुन दिन यही पहिरोमा परेर मरिने डर छ । आफुलाई सुरक्षित ठाउँमा बसाल्ने सरकारलाई आग्रह गरिन ।

तल्लो भागमा सडक खनेको हुनाले प्रत्येक घरहरु १० इन्च फाट्नुका साथै वस्तीनै बगिरहेको देखिन्छ । यदि समयमानै वस्ती स्थानान्त्रण नगरे ठुलो धनजनको क्षति हुने भएकाले सरोकारवालाको ध्यान केन्द्रीत हुनु पर्ने स्थानीयवासी एवम नेकपा एमाले जिल्ला सचिव तुलाराज मल्लले वताए । साथै उनले जनप्रतिनिधिमुलक सस्थाका जिम्मेवार व्याक्ती नागरिकका समस्याप्रति गैर जिम्मेवा रहेकाले जनतालाई यस्तो संकट आइ परेको वताए । यसका वारेमा खाँडाचक्र नपा प्रमुख जसीप्रसाद पाण्डेले पत्रकारहरु गएर स्थलगत रिपोर्ट ल्याउन र प्रहरीको मुचुल्का गरि आएमा नगरपालिकाले जोखिममा रहेका नागरिकको उद्धारका लागि जस्तोसकै जोखिम मोलेर पहल गर्ने वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकाेटमा विश्व अहिंसा दिवस मनाइयाे

२०७८ आश्विन ३, आईतवार १९:५६
कालिकाेट । विश्व दिवसकाे अवसरमा सराेकारवालाविच अन्तरक्रिया कार्यक्रम शनिबार जिल्ला सदरमुकाम मान्ममा आयाेजना गरिएकाे छ । अहिंसा परमाे धर्म: सवै धर्मकाे सन्देश,अहिंसाकाे सन्देश भन्ने मुल नाराका साथ अन्तरक्रिया कार्यक्रम आयाेजना गरिएकाे हाे । महात्मा गन्धीकाे जन्मदिनकाे दिन मनाइने अहिंसा दिवसकाे आयाेजना सहकर्मि समाजकाे सहयाेग र खाँडाचक्र सुशासन युवा सञ्जालले आयाेजान […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.