दक्षिणा पाउनुभयो ! अब यसो गर्नुस्, नत्र कारबाहीमा परिएला

खबरखोज सम्वाददाता   ।   २०७८ आश्विन २९, शुक्रबार १६:१७

दसैँमा टीकाको जति महत्त्व छ, त्यति नै दक्षिणाको पनि । ठुलाबडाको हातबाट आशीर्वाद टीका ग्रहण गरिसकेपछि दक्षिणाको रूपमा नगद पैसा पाइन्छ । जुन तपाईँले पनि पाउनुभयो होला । वा पाउँदै हुनुहुन्छ । याद गर्नु होस्, अब तपाईँले पाउने पैसा कसरी सुरक्षित राख्ने ? नोटको सुरक्षा गर्न नोटलाई सकभर वालेट वा पर्समा नपट्याईकन राख्नुहोस् । सकभर नोटमा कुनै पनि प्रकारको रङ नदल्नुहोस् । नोटमा जथाभाबी ¬लेख्ने, केरमेट गर्ने वा स्टिच गर्ने पनि नगर्नुहोस् । नोटलाई जलाउने वा च्यात्ने जस्ता गैर ऐन विपरीतका काम झुक्किएर पनि नगर्नुहोस् ।

​थाहा छ, यस्तो गतिविधि गरेमा तपाई जेल समेत जानुपर्ने हुन सक्छ  । नोटको दुरुपयोग वा जथाभाबी प्रयोगलाई नेपाल राष्ट्र बैङ्कले ऐनमा नै व्यवस्था गरेर दण्डनीय बनाएको छ ।  मुलुकी अपराध संहिता २०७४ ले नोटमा फोहोर गर्ने जथाभाबी केरमेट गर्नेलाई ३ महिना जेल र ५ हजार जरिवानाको व्यवस्था गरेको छ ।

प्रायः सुकिला र कटकटिएका नयाँ नोट दसैँ तिहारमा नै प्रयोगमा ल्याइन्छ । फेरि नोटको हिफाजतको चुनौती पनि यही दसैँ–तिहारमा नै बढी हुने गर्छ । किनकि दसैँ तिहारमा दक्षिणाका रूपमा प्रयोग गरिने नोटमा अबीर, केशरी, तथा पानी छर्कने चलन छ । सकभर यसो नगर्नुहोस् ।

बरु दक्षिणास्वरुप प्राप्त गर्ने रकमलाई हिफाजतसाथ राख्नुहोस् र कुनै राम्रो प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुहोस् । ता कि यो लगानीले तपाईँको भविष्य उज्ज्वल हुन सकोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्षातले कालिकाेटमा लाखाैंकाे धान बालि नष्ट

२०७८ आश्विन २९, शुक्रबार १६:१७
प्रतिभा ऐडि/ कालिकाेट । लगातारको वर्षाले गर्दा बाली नाली मा ठुलो क्षेति पुर्याएको छ। दसैँको टीका थापेर बालीनाली भित्र्याउने तरखर मा जुटेका कालिकोटका किसानहरु आइतबार बाट लगातार परेको बर्षाका कारण किसान हरु निकै चिन्तित भएका छ्न्न। लगातारको वर्षाका कारण खेतमा काटेको धान समेत खेत मै रहेको रास्कोट नगरपालिका वडा नं.२निवासी […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.