काँग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

खबरखाेज समाचारदाता   ।   २०७८ पुष १, बिहीबार १६:०२

प्रतिभा ऐडि,काठमाडौं । काँग्रेसको दुई जना महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । निर्वाचन समितिका अनुसार थापाले ३,०२३ र विश्वप्रकाश शर्माले १,९८४ मत पाएर निर्वाचित भएका हुन् । महामन्त्री पदका अरु उम्मेदवारमा डा. प्रकाशशरण महतले १,५५०, प्रदीप पौडेलले १,४०९, डा. मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १ सय ७ मत मात्र प्राप्त गरेका छन ।

बिहीबार पार्टी कार्यालय सानेपामा भएको मतगणनामा अन्य ४ प्रतिस्पर्धीलाई हराउँदै गगन  र विश्वप्रकाश विजयी भएका हुन् । पार्टीभित्र र बाहिर गगन र विश्वप्रकाश लोकप्रिय छन् । विशेषगरी युवा पुस्तामाझ उनीहरु लोकप्रिय हुनुका साथै कतिपयका आदर्शपात्र समेत हुन् ।

भृकुटीमण्डपमा आइतबार भएको मतदानपछि मतपेटिकालाई पार्टी कार्यालयमा राखी बिहीबार बिहानदेखि गणना गरिएको थियो । महामन्त्रीमा डा प्रकाशशरण महत, मीनेन्द्र रिजाल, राजाराम कार्की र प्रदीप पौडेल भने पराजित बन्न पुगे ।
गगन शेखर कोइराला प्यानलबाट चुनाव लडेका थिए भने देउवा पक्षकै भएपनि अन्तिममा टिकट नपाएपछि विश्वप्रकाशचाहिँ प्रकाशमान सिंह प्यानलबाट चुनाव लडेका थिए ।
गगन र विश्वप्रकाश विजयी हुँदा देउवा प्यानलबाट चुनाव लडेका महत र पौडेल पराजित बन्न पुगे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपद जाेखिम शुसासन मुल्यांकनका साधन प्रयाेग सम्वन्धि अभिमूखिकरण सम्पन्न

२०७८ पुष १, बिहीबार १६:०२
कालिकाेट । विपद जाेखिम शुसासन मुल्यांकनका साधन सम्वन्धि एक दिने अभिमुखिकरण कार्यक्रम आज जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएकाे छ । युयसएआइडीकाे आर्थिक सहयाेगमा मानवअधिकार तथा वातावरण विकास केन्द्र,हुरेन्डेकद्वारा सञ्चालित भकारी परियाेजना अन्तरगत खाँडाचक्र नगरपालिककाे आयाेजनमा अभिमुखिकरण कार्यक्रम राखिएकाे हाे । खाँडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डेकाे अध्यक्षतामा सञ्चालित कार्यक्रममा मर्सीकाेर  नेपालका […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.