कांग्रेस नेतृत्व : दोस्रो चरणमा देउवा-कोइराला प्रतिस्पर्धा

५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ

प्रतिभा ऐडि   ।   २०७८ मंसिर २८, मंगलवार ०९:५५

२८ मंसिर, काठमाडौं । कांग्रेसको नयाँ सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनले लगाउने भएको छ।

त्यसका लागि आजै निर्वाचन हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ। ​

कांग्रेसका कुनै उम्मेदवारले ल्याएनन् बहुमत, दोस्रो चरणको मतदान हुने

प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले खसेको मतको बहुमत नल्याएकाले सभापति चयन प्रक्रिया दोस्रो चरणमा पुगेको हो। निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले निर्वाचन समितिको बैठक बसेर निर्णय गर्ने बताए।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए। कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ।

पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले अब पुनः दोस्रो चरणको मतदान हुने भएको छ। पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ। कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीकाे बैठक, पुस १०–११ गते लुम्बिनीमा

२०७८ मंसिर २८, मंगलवार ०९:५५
काठमाडौं । प्रेस चौतारी नेपालले नवौँ राष्ट्रिय अधिवेशनको मिति निर्धारणलगायत विषयमा छलफल गर्न आउँदो पुस १० र ११ गते रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । प्रेस चौतारीले केन्द्रीय कमिटीमा अनुशासनको कारबाहीबाट हटाइएर रिक्त स्थानमा बिधानअनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलो पटक केन्द्रीय बैठक बस्न […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.