विपद जाेखिम शुसासन मुल्यांकनका साधन प्रयाेग सम्वन्धि अभिमूखिकरण सम्पन्न

खबरखाेज समाचारदाता   ।   २०७८ पुष २, शुक्रबार ११:१८

कालिकाेट । विपद जाेखिम शुसासन मुल्यांकनका साधन सम्वन्धि एक दिने अभिमुखिकरण कार्यक्रम आज जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएकाे छ ।

युयसएआइडीकाे आर्थिक सहयाेगमा मानवअधिकार तथा वातावरण विकास केन्द्र,हुरेन्डेकद्वारा सञ्चालित भकारी परियाेजना अन्तरगत खाँडाचक्र नगरपालिककाे आयाेजनमा अभिमुखिकरण कार्यक्रम राखिएकाे हाे ।

खाँडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डेकाे अध्यक्षतामा सञ्चालित कार्यक्रममा मर्सीकाेर  नेपालका नीती तथा पैरवी विशेषज्ञ साजन न्याैपानेले  पालिकाकाे विपद जाेखिम शासन मुल्यांकनका साधन,विश्वव्यापी मापदण्डका उदय,दिगाे विकास लक्ष,सेन्डाइ कार्य ढाँचा,पेरिस सम्झाैता,नयाँ शहरी एजेण्डा र राष्टिय स्तरका नीति तथा नियमहरुका बारेमा सहभागिलाई जानकारी गराउनु भएकाे थियाे ।

साथै उहाँले नगरपालिकाकाे विपद जाेखिम शासन मुल्यांकन साधनका पक्षहरुकाे लेखाजाेखा गर्न चारवटा समूह वनाइ सहभागिहरुकाविच छलफल गराउनु भएकाे हुरेन्डेकका काेषाध्यक्ष दिलिप कुमार शाहीले जानकारी गराउनु भएकाे छ ।

कार्यक्रममा नगर उपप्रमुख विजया विष्ट,प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य,प्रमुख प्रसासकीय अधिकृत जसी चाैलागाईँ,नेपाल पत्रकार महासंघ कालिकाेटका पुर्व अधय्क्ष एवम सल्लाहकार कालीबहादुर मल्ल, खाँडाचक्र नपा ११ का वडाध्वयक्ष पुष्पराज गिरि, पत्रकार खडानन्द अधिकारी,रेडक्रसका बलप्रसाद सञ्ज्याल लगाएतका सराेकारवालहरुकाे सहभागिता रहेकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साहित्यमा रुचि राख्दै रास्काेटका दिनेश

२०७८ पुष २, शुक्रबार ११:१८
प्रतिभा ऐडि-काठमाण्डाै । कर्णाली प्रदेश कालिकाेट जिल्ला रास्कोट नगरपालिका -६ बडालामा जन्मिनु भएका दिनेश फर्साल पछिल्लो समयमा मुक्तकमा निकै नै रुचि राखेको र धेरै मुक्तकहरु पनि कोर्दै आउनु भएकाे छ । आफू १०कक्षा मा पढदै गर्दा आफुलाई मुक्त मा निकै नै रुचि रहेको उहाले बताउनु भयो । आफू दश कक्षा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.