कर्णाली प्रदेश उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा शाही

खबरखाेज समाचारदाता   ।   २०७९ श्रावण २९, आईतवार १७:५२

कालिकाेट / कर्णाली प्रदेशको  पर्यटन मन्त्रीमा  नेकपा माओवादी केन्द्रका सांसद वीरबहादुर शाही  नियुक्त भएका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् ।

मन्त्रीमा नवनियुक्त शाही डोल्पा जिल्लाका हुन् । नवनियुक्त मन्त्री शाहीलाई प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परियारले सपथ खुवाएका छन् ।  २०७८ माघ २३ मा पर्यटन मन्त्रीमा नियुक्त भएका हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) को पदावधि यहीँ साउन २३ गतेखि सकिएपछि  शाहीलाई नियुक्त गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव अधिकारकाे उच्च सम्मान गर्छु-डिएसपी रिमाल

२०७९ श्रावण २९, आईतवार १७:५२
कालिकाेट/ जिल्ला प्रहरी कार्यालय कालिकाेटका प्रमुख डिएसपी जयश्वर रिमालले मानव अधिकारकाे उच्च सम्मान र संरक्षण गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ । भर्खरै जिल्लामा सरुवाइ आउनु भएका प्रहरी प्रमुख रिमालले जिल्लाका पत्रकारहरुसँगकाे भेटघाट तथा परिचयात्मक कार्यक्रममा यस्ताे प्रतिबद्धता व्यक्त गर्नु भएकाे हाे । डियसपी रिमालले यथार्थ,सत्य,तथ्य भए तिताे पनि स्वीकार गर्न […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.