६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त

निर्मला लोहार   ।   २०७९ माघ १, आईतवार १२:१६

काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ ।

अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।

पोखरा विमानस्थल नजिकै भएको दुर्घटनास्थलमा आगो लागिरहेको विमानमा विमानस्थल तथा महानगरपालिकाको दमकलले आगो निभाउन प्रयास गरिरहेको छन् ।

अहिलेसम्म कति व्यक्ति हताहति भए भन्ने खुलेको छैन । घटनास्थलमा क्याप्टेन कमल केसीले उडाएको एटीआर ७२ विमान सेती खोचमा दुर्घटनाग्रस्त भएको हो ।

अनलाइन खबरमा छापिएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्त्रिपरिषद् विस्तार, ११ मन्त्रीले लिए शपथ

२०७९ माघ १, आईतवार १२:१६
निर्मला लोहार/काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई सामूहिक रुपमा शपथ गराएकी हुन् । राष्ट्रपतिले पहिले उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई शपथ खुवाएकी थिइन् । त्यसपछि अन्य मन्त्रीहरूले शपथ लिएका छन् । विस्तारसँगै मन्त्रिपरिषदको संख्या २२ पुगेको छ […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.