कालिकोटको राँचुली दलित बस्तीमा आगलागी

नीस्ता कार्की   ।   २०७७ मंसिर १३, शनिबार १५:५७

नीस्ता कार्की/कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका – ४ राँचुली गाउँ स्थित दलित बस्तीमा आज बिहान आगलागी भएर ४ घर नष्ट हुँदा १३ घरपरिवार घरबिहीन बनेका छन् ।

काठका छाना भएका घरहरुमा आज शनिबार बिहानै एक घरदेखि सल्केको आगो अन्य घरहरुमा सरेर ४ घर नष्ट बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी नै रहेको छ भने नगरपालिकाले खरका छाना मुक्त पालिका बनाउनका लागि घोषणा गरेकोमा कार्यान्वयन हुन सकिरहेको छैन ।

अत्यन्तै नाजुक आर्थिक अवस्थाका दलित बस्तीमा आगलागी भएपछि पीडितलाई तत्कालै उचित राहतको व्यवस्थापन गर्न  नेकपा तिलागुफा नगर कमिटी अध्यक्ष दिनेश चँदाराले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ । स्थानीयहरुको सक्रियतामा यतिबेला आगलागी नियन्त्रणमा आएको र घटना स्थलमा प्रहरी टोली पुगेर क्षतिको बिस्तृत विवरण तयार भैरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस्तो छ प्रधानमन्त्री ओलीको प्रतिवेदन (पूर्णपाठ)

२०७७ मंसिर १३, शनिबार १५:५७
प्रिय कमरेडहरु केन्द्रीय सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७÷०७÷२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको छ । त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.