इन्सेक कालिकोटको अन्तरक्रिया कार्यक्रम सम्पन्न

डिल्लीप्रसाद चौलागाईं   ।   २०७७ फाल्गुन २९, शनिबार १६:२८

डिल्लीप्रसाद चौलागाई
कालिकोट, फागुन २९
इन्सेक कालिकोटको आयोजनामा शनिवार जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १ को हलमा आवासको अधिकार सम्बन्धी सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपालको संविधानको धारा ३७ मा आवासको अधिकार सम्बन्धी हक भएको जानकारी गराउदै आवास नहुने र घरवास समेत नहुनेलाई आवासको अधिकार हरेक नागरिको नैर्सगिक अधिकार भएको कुरा अन्तरक्रिया कार्यक्रमका अध्यक्ष तथा इन्सेक प्रतिनिधि कालिहादुर मल्लले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै कार्यक्रमका विशेष अतिथि डिभिजन वन कार्यालयका प्रमुख जितेन्द्र महतले वन कार्यालय वाट हुने सहयोग आवास विहिन र आवास सम्बन्धी समस्यामा परेका जो सुकैलाई पनी कानुन बमोजिम हर तह र तप्का वाट सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि भूमि सम्बन्धी समस्या समाधान आयोग कालिकोटका अध्यक्ष धिर बहादुर बमले आवास नपाएका र घरवार विहिन सुकुम्वासीले अव आउने दिनमा कोही कसैले पनि दुख नपाउने र अव भूमि सम्बन्धी समस्या विस्तारै सहज हुदै जाने कुरा समेत जानकारी दिनु भयो ।

मानव अधिकार र मानिसले स्वतन्त्ररुपमा बाच्न पाउने अधिकारलाई प्रस्ट पार्दै अव आवासको अधिकार हरेक नागरिकले पाउने र आवास वाट कोहीकसैले पनि बन्चित हुनु पर्ने छैन, भन्दै अध्यक्ष मल्लले कार्यक्रमको समापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘संकेत समयको, क्षयरोग अन्त्य’भन्ने मुल नाराका साथ कालिकोटमा क्षयरोग दिवस मनाइएको छ

२०७७ फाल्गुन २९, शनिबार १६:२८
डिल्लीप्रसाद चौलागाईं चैत्र ११ कालिकोट ।  कालिकोटमा क्षयरोग दिवस मनाइएको छ ‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने मुलनाराका साथ। जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको आयोजनामा भएको पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित पत्रकारहरुलाई क्षयरोगको हालको अवस्था बारे जानकारी गराइएको छ । आर्थिक वर्ष २०७५।७६ मा १३५ जना क्षयरोगका विरामीहरु थिए, भने आर्थिक वर्ष […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.