प्रेस चोैतारीका केन्द्रीय सदस्य मल्लद्वारा पत्रकार एवम गायक बिकलाई खाद्यान्न सहयाेग

बिकको आर्थिक अबस्था कमजोर रहेको छ

मानबहादुर बिश्वकर्मा   ।   २०७८ मंसिर १६, बिहीबार १७:०३

१६ मंसिर, कालिकोट । प्रेस चोैचारि नेपालका केन्द्रीय सदस्य तथा बरिष्ठ पत्रकार कालिबहादुर मल्लले बिहीबार दृष्टिविहीन गायक बहादुरे बिश्वकर्मा संगित प्रेमिलाई २५ केजि चामल हस्तान्तरण गर्नु भएको छ।

कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं. २ मा बसोबास गर्दै आएका दृष्टिविहिन गायक बिश्वकर्माको आर्थिक अबस्था कमजोर भएपछि केन्द्रीय सदस्य मल्लले सहयोगको हिसाबमा २५ केजिको एक बोरा चामल बिहीबार हस्तान्तरण गर्नु भएको हो।

लामो समय देखि संञ्चारकर्मी र गायकको नामले चिनिदै आएका बिश्वकर्मा पछिल्लो समय गित संगितमा निकै रमाउने गरेको पाइएको छ।

कलाकारिता क्षेत्र बाटै आफुलाई चिनाउदै आएका बिश्वकर्मा एक हिसाबले दृष्टि विहिन छन्। तर गित संगित लाई पछिल्लो समय केही पर सारेर जन्मभूमि कालिकोटकै माटाेमा आफ्ना सिर्जना र गित संगित उत्पादन गर्न लागि परेका बिश्वकर्मा आर्थिक हिसाबले कमजोर देख्न सकिन्छ।

गायक बहादुरेका अनुसार आफुलाई तत्काल समस्या पर्दा बरिष्ठ पत्रकार तथा प्रेस चोैतारी नेपालका केन्द्रीय सदस्य कालिबहादुर मल्ललाई सम्पर्क गर्दा मल्लले २५ केजी चामलको एक बोरा हस्तान्तरण गरेको बताए।

सहयोगी तथा पत्रकार मल्लका अनुसार दुखि असाय र आर्थिक अबस्था कमोजर भएका नागरिकलाई आफूले पटकपटक सहयोग गर्दै आइरहेको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली कांग्रेस कर्णाली प्रदेश सदस्यमा समाजसेवी याेगीकाे उम्मेदवारी

२०७८ मंसिर १६, बिहीबार १७:०३
कालिकाेट । नेपाली काँग्रेसकाे कर्णाली प्रदेश प्रथम अधिवेशनमा समाजसेवी अशाेकनाथ याेगिले प्रदेश सदस्यमा उम्मेदवारी दिनु हुने भएकाे छ । लामाे समयदेखि पत्रकारिता तथा समाजसेवामा समर्पित हुनु भएका याेगिले शुकबार पाैडेल टिमबाट कर्णाली प्रदेश कमिटिकाे सदस्यमा उम्मेदवारी दिनुहुने उहाकाे सचिवालयले जनाएकाे छ । सादा नेपालका अध्यक्ष तथा रेडियाे नेपाली अावाजका अध्यक्ष […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.