नागरिकहरुका अधिकारका सवालहरुलाई घोषण पत्रमा समावेश गर्न माग

खबरखाेज समाचारदाता   ।   २०७९ बैशाख १०, शनिबार १४:५२

खबरखोज समाचारदाता/ कालिकोट । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्बाचनका लागि राजनीतिक दलहरुले तयार पार्ने स्थानीय घोषणा पत्रमा नागरिकहरुका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सुनिश्चित गर्न माग राख्दै मानव अधिकार समुहले बैशाख १० गते जिल्ला स्थित दलका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएको छ ।
इन्सेकद्धारा गठित मानव अधिकार समुहका सचिव कपुरे विकले एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नगिन्द्र शाही, जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डे,कांग्रेस कालिकाटका सभापति अम्मबहादुर शाही, माओवादी केन्द्रका जिल्ला संयोजक लक्ष्मीप्रसाद चौलागाईलाई शिक्षा,स्वास्थ्य,खाद्य र आवासका सवालमा सुझावसहित ज्ञापन पत्र पेस गर्नु भएको हो ।
इन्सेक कालिकोटका जिल्ला प्रतिनिधि कालीबहादुर मल्लको उपस्थितिमा बुझाइएको ज्ञापन पत्रमा शिक्षा क्षेत्रमा कक्षा १२ सम्म निशुल्क शिक्षा हुनु पर्ने, विपन्न छात्रा छात्रहरुलाई छात्राबृति उपलब्ध गराउनु पर्ने, १ देखि ५ कक्षा सम्मका बालबालिकाहरुको लागि दिवा खाजा व्यवस्था हुनु पर्ने उल्लेख गरिएको छ । साथै विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था हुनु पर्ने,गुणस्तरीय तथा विषयगत शिक्षकको व्यवस्था हुनु पर्ने, विद्यालय शान्ति क्षेत्र बनाइनु पर्ने, विद्यालयमा अनिवार्य स्वास्थ्यकर्मी राखिनु पर्ने माग गरिएको छ ।
यसैगरी स्वास्थ्यका सवालमा निशुल्क स्वास्थ्य चेक जाँच हुनु पर्ने, राज्यले तोकेको निशुल्क औषधीहरु पर्याप्त मात्रामा उपलब्ध हुनु पर्ने, स्वास्थ्य विमालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनु पर्ने,स्वास्थ्यचौकी, तथा स्वास्थ्य केन्द्रमा औषधीका ेनाम नेपालीमा लेखि टासँ गराउनु पर्ने, प्रत्येक स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर रहने व्यवस्था हुनु पर्ने र बर्थिङ सेन्टर गुणस्तरीय हुनु पर्ने,स्वास्थ्यचौकीतथा स्वास्थ्य केन्द्रमाआवश्यकअनुसार कर्मचारी तथाप्राविधिकहरु थपगर्नु पर्ने र आवश्यक अनुसार एम्बुलेन्स हुनु पर्ने माग गरिएको छ ।
साथै खाद्य र कृषिका बिषयमा कृषकहरुलाई सर्वसुलभ रुपमा उन्न तजातको मल विऊ उपलब्ध गराइनु पर्ने, कृषकले उत्पादन गरेको बस्तुहरुको बजारसम्म पु¥याउने व्यवस्था हुनु पर्ने, कृषकले उत्पादन गरेको बस्तुको उपयुक्तमुल्य राखिनु पर्ने, बजारको नियमित अनुगमन गर्नु पर्ने, कृषि प्राविधिकको व्यवस्था हुनु पर्ने र कृषि तथा पशु विमाको प्रभावकारी कार्यान्वयन गराउनु पर्ने उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझेपछि एमाले आध्यक्ष पाण्डे,कांग्रेस सभापती शाही र माओवादी केन्द्रका संयोजक चौलागाईँले नागरिकको जनीजिवकासँग जोडिएका महत्वपूर्ण सवालहरु सुझवाको रुपमा आएकाले पार्टीले तयार पार्ने घोषण पत्रमा समावेस गर्ने प्रतिवद्धता जनाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौंमा कष्टकर यात्रा (फोटो फिचर)

२०७९ बैशाख १०, शनिबार १४:५२
१४ जेठ, काठमाडौं । देशको संघीय राजधानी काठमाडौंको यात्रा दिनप्रतिदिन कष्टकर बनिरहेको छ। बढ्दो जनघनत्वका कारण न त सडक पेटीको (पैदल) यात्रा सुरक्षित छ, न त सार्वजनिक यातायातको यात्रा नै। सार्वजनिक सवारीसाधनमा यात्रुले आरामले बस चढ्न र गन्तव्यमा पुग्नसक्ने अवस्था छैन। पर्याप्त गाडी नहुँदा यात्रु कोचिएर र झुण्डिएर यात्रा गर्न […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.