पत्रकार भट्टराइद्धारा महावै गाउँपालिकालाई स्टेचर सहयोग

खबरखोज समाचारदाता   ।   २०७७ भाद्र १८, बिहीबार १६:१७

कालिकोट/ सामुदायिक रेडियो मालिका एफएममा कार्यरत पत्रकार पुष्पराज भट्टराईले आफ्नो जन्मदिनमा खर्चने रकमवाट विरामी वोक्ने आधुनिक स्टेचर खरिद गरेर जिल्लाको महाबै गाउपालिकालाई  हस्तान्तरण गर्नुभएको छ।

आज बिहान पत्रकारहरूको बिचमा महाबै गाउपालिकाका खाम्म सिहंलाई प्रत्येक वडालाई विरामी वोक्ने सातवटा स्टेचर हस्तान्तरण गर्नुभएको हो।

यस अघि साउन अन्तिम सातामा महाबै गाउपालिकामा भएको सार्वजनिक सुनुवाइमा स्वास्थ्य कर्मिले स्टेचरको माग राख्दा जनप्रतिनिधिले बिरामि बोक्न दुई डोका दिएको दिएको देखेपछि आफुलाई सहयोग गर्ने भावना जागेर गाउँपालिकाका सवै वडालाई एक.एक पुग्ने गरी स्टेचर सहयोग गरेको स्टेचर दिएको पत्रकार भट्टराईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस कालिकाेट प्रवक्ता विष्टद्वारा पहिराे पीडितलाई राहत हस्तान्त्रण

२०७७ भाद्र १८, बिहीबार १६:१७
कालिकाेट । नेपाली काँग्रेस कालिकाेटका प्रवक्ता एवम युवा नेता नगेन्द्र विष्टले अाफ्नाे जन्मदिनकाे अवसरमा बाढी पहिराे पीडितलाई राहत रकम दिनुभएकाे छ ।  ३५ अाै जन्म दिनको अवसरमा अाज नेका को राहात कोषबाट बितरण हुने गरि पार्टी सभापतिलाई रु २५ हजार नगद हस्तान्तरण गरेकाे जानकारी गराउनुभएकाे छ । २०५२ सालमा नन्दादेबि […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.