कालिकोट जिप दुर्घटनामा एकजनाको मृत्यु,११ घाइते

खबरखाेज समाचारदाता   ।   २०७८ भाद्र १३, आईतवार १७:३९

प्रतिभा ऐडि/कालिकोट। जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका–२ अन्तर्गत कर्णाली करिडोरको आम्तडामा वोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका छन् । शान्नीत्रिवेणी गाउँपालिकाबाट जिते बजारका लागि छुटेको मान सरोवर रारा कर्णाली यातायातको क १ ज २३ नम्बरको वोलेरो जिप दुर्घटना भएको हो । दुर्घटनामा परी शान्नीत्रिवेणी गाउँपालिका–१ का चालक विक्रम गिरीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा सान्नीत्रिवेणी गाउँपालिका–६ का ३३ वर्षीय तिल सज्याल, सोही ठाउँका ५२ वर्षीय रत्न सज्याल, ४३ वर्षीय देवप्रसाद सज्याल,७० वर्षीय सुन्दर सज्याल, रहेका छन् । यस्तै रास्कोट नपा–९ का २१ वर्षीय जंग्गे तिरुवा सोही ठाउका १८ वर्षीया लक्ष्मी बराल, ३४ वर्षीय नरपती तिरुवा, २४ वर्षीय टेक लुवार,३६ वर्षीय प्रेम बराल रहेका छन् । साथै रास्कोट नपा–७ का ३७ वर्षीय कमराज शाही पनि घाइते भएका छन् । पचालझरना गाउँपालिका–९ का १९ वर्षीया अनिता शाही घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्सपेक्टर भूपेन्द्र शाहीका अनुसार प्रहरी र नेपाली सेनाको टोलि दुर्घटना स्थलमा पुगे घाइतेको उद्धार गरी जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर भएको आफूलाई जानकारी आएकाले उद्धारका लागि हेलिकोप्टरको पहल भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लैंगिक समानता सम्वन्धि वक्तित्वकला सम्पन्न

२०७८ भाद्र १३, आईतवार १७:३९
प्रतिभा ऐडि /कालिकाेट । लैंगिक समानता सम्वन्धि वक्तित्वकला कार्यक्रम बिहीबार रास्काेट नगरपालिकामा सम्पन्न भएकाे छ । मानवअधिकार तथा वतावरण बिकास केन्द्र, हुरेन्डेक नेपालकाे सहजिकरण र सिओसि समुहकाे नेतृत्वमा वक्तित्वकला कार्यक्रम सम्पन्न भएकाे हाे । बालबिवाह,किसाेरी जवजस्ति बिवाह न्यूनिकरण परियाेजना अन्तरगत उक्त प्रतियाेगिताकाे आयाेजना गरिएकाे हाे । कालाशिल्ला मावि गाेर्खालिगाउँका प्रधानाध्यापक […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.