रास्कोटमा बोलेरो जिप दुर्घटना, दुइ जनाको मृत्यु

कोपिला शाही   ।   २०८० जेष्ठ २५, बिहीबार १०:१९

कालिकोट जेठ २५ । यहाँ जिल्लाको रास्कोट नगरपालिका २ स्थित शेरा बजारमा बिहीवार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुइ जनाको घटना स्थलमै मृत्यु भएको छ भने, एक जना गम्भिर घाइते हुनु भएको छ ।
ग.३.ज. ४६१० नम्बरका बोलेरो जिप ३ सय मिटर तल खसेर क्षतिग्रस्त भएपछि गाडीमा सवार रास्कोट नपा७१ लहरेला निवासी ४३ वर्षीय मन बहादुर शाही र उहाँकी पत्नी ३६ वर्षीया मन कुमारी शाहीको दुर्घटना स्थल मै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी इन्सपेक्टर सुवराज बमले जानकारी गराउनु भएको छ ।
दुर्घटनामा सोही ठाउँका ३० वर्षीया रिता शाही गंभिर घाइते हुनु भएको । घाइतेको रास्कोट सामुदायिक अस्पतालमा भइरहेको छ । घइतेको अवस्था गम्भिर रहेकाले हेलिकोप्टर मार्फत उपचारका लागि सुर्खेत लिने पहल भैरहेको छ ।
न्यूटल अवस्थामा जिप राखेर चालक वाहिर निस्को अवस्थामा ब्याक भएर भिरमा खसेर दुर्घटनाग्रस्त भएको स्थानीयको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बस्तीस्तरबाट योजना छनौट गर्दै तिलागुफा नगरपालिका

२०८० जेष्ठ २५, बिहीबार १०:१९
खवरखोज समाचारदाता/ कालिकोट –  तिलागुफा नगरपालिकाले बस्तीस्तरमा माग अनुसारका योजना बनाउने भएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा बस्तीस्तरबाट छनौट भएर आएका जस्ताका तस्तै योजनामा बजेट विनियोजन गर्ने भएको छ । तिलागुफा नगरपालिकाले आगामी आ.व. २०८०÷०८१ का लागि बस्तीस्तरको योजना छनौट गरेको छ । असारको पहिलो साता भित्रै बस्तीस्तरमा योजना […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.