सामाजिक ब्यवहार परिवर्तनका लागि बासको १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

प्रतिभा ऐडि   ।   २०७८ पुष १४, बुधबार १५:०८

१४ पुस, कालिकोट । सामाजिक ब्यवहार परिवर्तनका लागि संञ्चार कार्यक्रम अन्तर्गत १ दिने अभिमुखिकरण कार्यक्रम बुधबार होटल कोट दरबार मान्ममा सम्पन्न भएको छ।

बागेश्वरी असल शासन क्लबको आयोजना तथा यूनिसेफ नेपालको सहजिकरणमा १ दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो।

खाँडाचक्र नगरपालिकाका नगर प्रमुख जसिप्रसाद पाण्डेको प्रमुख आतिथ्यता, स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवाल यूनिसेफ नेपालका कार्यक्रम अधिकृत प्रकाश आचार्य, बागेश्वरी असल शासन क्लबका कार्यक्रम संयोजक हेमराज भट्ट बासका जिल्ला अध्यक्ष खडानन्द अधिकारी पत्रकार मानबहादुर बिश्वकर्मा र बासका कर्णाली प्रदेश संयोजक रमेश नेपालीको बिशेष उपस्थितिमा कार्यक्रम सुरु गरिएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बासका कर्णाली प्रदेश संयोजक रमेश नेपालीले बाल संरक्षण अन्तर्गत खाँडाचक्र नगरपालिका र रास्कोट नगरपालिकामा कार्यक्रम लागू भएको बताउनुभयो। बालबालिकाको सर्वोत्तम हितका निमित्त २०६५ सालमा कालिकोट जिल्लामा यसको शाखा स्थापना भइ भ्रष्टाचार न्यूनीकरण देखि सामाजिक रुपान्तरणको अभियानमा अगाडि बढेको बताउनु भएको छ।

यसैगरी कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराउदै यूनिसेफ नेपालका कार्यक्रम अधिकृत प्रकाश आचार्यले पछिल्लो अबस्थामा विभिन्न किसिमका संक्रमणकालीन रोगहरु फैलिदै गएकाले यसबाट बच्न कोभिड भ्याक्सिन हरुको प्रयोग गर्न र आम समूदायहरुलाई भ्याक्सिनका बारेमा जानकारी गराउनुपर्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालले कोरोना भ्याक्सिनको पहिलो खोप लगाउँदा खोप लगाउने ब्यक्ति बाट केही ब्यक्तिहरु त्रसित भएको र दोस्रो मात्रामा खोप लगाउन सहज भएको बताउनुभयो। उहाँले अहिले पनि समूदायमा आधारित स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीहरुलाई परिचालित गरि वडा तथा टोलटोलमा पुगि खोप लगाउने गरेको स्वास्थ्य शाखा प्रमुख सेजुवालले बताउनुभयो।

कार्यक्रमको समापन गर्दै खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेले खोपलाई प्रभावकारिता बनाउन र समुदायस्तरमा यसको सन्देश दिन युवाहरुको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो। प्रमुख पाण्डेका अनुसार पहिलो मात्रामा कालिकोटका अन्य स्थानीय तह भन्दा पहिलो खाँडाचक्र नगरपालिका लाई खोप मुक्त नगरपालिका घोषणा गर्न सफल भएको कार्यक्रममा बताउनु भएको छ।

१८ बर्ष भन्दा माथि उमेर पुगेका ब्यक्ति अझै कोभिड भ्याक्सिन बाट बन्चित रहेकाले दोस्रो मात्रामा खोप लगाउन समुदाय स्तरका सबै नागरिकलाई आग्रह समेत गर्नुभयो। यस्ता सामाजिक कामले नागरिकको जिबनस्तरमा छुट्टै खाले परिवर्तन आउने भएकाले आआफ्नो क्षेत्रबाट सबै लागि पर्नुपर्ने नगरपालिका प्रमुख पाण्डेले बताउनुभयो।

कार्यक्रममा जिल्ला केन्द्रीत बासका सदस्य लगायत पत्रकारको समेत उपस्थित रहेको थियो भने कार्यक्रम  संञ्चालन बासका जिल्ला सहजकर्ता रमेशकुमार शोनीले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनप्रतिनिका छाेरा छाेरीलाई अनिवार्य सरकारी बिद्यालयमा पढाउने एजेण्डा असफल भइसक्यो - संयोजक शाही

२०७८ पुष १४, बुधबार १५:०८
१४ पुस, कालिकोट । नेकपा (माओबादी केन्द्र) काे आठाै महाधिवेशनले सरकारी बिद्यालयकाे शैक्षिक गुणस्तर बढाउने र शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छाेरा छाेरीलाई सरकारी बिद्यालयमा अनिवार्य पढाउने नीति पास गरेकाे बुदा प्रति अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा कालिकाेट जिल्ला संयाेजक मनसिंह शाही ले टिप्पणी ब्यक्त गरेका छन। केन्द्रीय सदस्य शाहीले आफ्नो […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.