प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

खबरखाेज समाचारदाताप्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।   ।   २०७८ माघ ७, शुक्रबार १३:५२

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले आज दिउँसो ३ बजे देशवासीलाई सम्बोधन गर्ने भएका हुन्।

प्रधानमन्त्रीको सम्बाेधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ।

देश कोरोना महामारीको चपेटामा परिरहेको तथा स्थानीय तथा संघीय निर्वाचन गर्नेबारे छलफल चलिरहेका बेला प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन्।

आजै अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवटार) मा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार र स्वास्थ्यकर्मीहरू संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७८ माघ ७, शुक्रबार १३:५२
पत्रकार तथा स्वास्थ संचारकर्मीहरुसग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । जिल्ला स्वास्थ्य कार्यलय कालिकाेटकाे अायाेजनामा कालिकाेटमा क्रियाशिल पत्रकार तथा स्वास्थ संचारकर्मीहरु सग अन्तरक्रिया गरिएकाे हाे । स्वागत मन्तब्य राख्दै जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले अार्थिक बर्ष २०७७/०७८ काे समिक्षा तथा २०७८/०७९ मा गरिने काम र क्रियाकलाप बारे जानकारी […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.