पत्रकार र स्वास्थ्यकर्मीहरू संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

डिल्ली प्रसाद चाैलागाईं   ।   २०७८ माघ ११, मंगलवार १५:४१

पत्रकार तथा स्वास्थ संचारकर्मीहरुसग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । जिल्ला स्वास्थ्य कार्यलय कालिकाेटकाे अायाेजनामा कालिकाेटमा क्रियाशिल पत्रकार तथा स्वास्थ संचारकर्मीहरु सग अन्तरक्रिया गरिएकाे हाे ।
स्वागत मन्तब्य राख्दै जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले अार्थिक बर्ष २०७७/०७८ काे समिक्षा तथा २०७८/०७९ मा गरिने काम र क्रियाकलाप बारे जानकारी गराउन कार्यक्रम अायाेजना गरेकाे बताए ।
साथै महतले कालिकाेटकाे स्वास्थ अबस्था बारे पत्रकारलाई स्वास्थ सम्बन्धि जानकारी गराई समुदायमा सहि सुचना तथा सन्देश प्रवाह गरि समुदायमा स्वास्थ सम्बन्धि चेतना अभिबृदी गर्ने यस कार्यक्रमकाे मुख्य उदेश्य रहेकाे बताएमा छन् ।
जिल्ला स्वास्थ कार्यालय कालिकाेटका निमित्त स्वास्थ व्यवस्थापक रत्नविर सुनारले स्वास्थ्य क्षेत्रका मुख्य चुनाैती तथा गत बर्ष यताकाे प्रगति समीक्षा बारे सहभागीलाई जानकारी गराए । न्युनतम सेवा मापदण्डकाे अबस्था,बार्षिक वित्तीय तर्फकाे प्रगती लगायत विभिन्न क्रियाकलाप बारे जानकारी गराए ।
मेडिकल अधिकृत किरण शाहीले स्वास्थ सेवा कार्यालय कालिकाेटकाे भाैतिक तथा पुर्वाधार बिकास,कर्मचारीहरुकाे विवरण तथा अाैजार उपकरण बारे पत्रकारहरुलाई जानकारी गराईन् ।
जनस्वास्थ्य अधिकृत गाैरा घर्ती मगरले हाल सम्मकाे कालिकोटमा काेभिड अबस्था बारे जानकारी गराउदै यस जिल्लामा काेराेनाकाे पहिलाे चरण देखि हाल सम्म र गत चाैबिस घण्टा सम्म २ हजार ,४ सय,४१ जनामा काेराेना संक्रमण देखिएकाे बताईन् । पहिलाे चरण देखि गत चाैबिस घण्टा सम्म २ हजार,२ सय ,३० जना निकाे भयर घर गएका छन् । कालिकाेटमा काेभिडका कारण हाल सम्म ७ जनाकाे मुत्यु भएकाे छ ।
अस्पताल क्षेत्रमा अाईपरेका समस्या र समाधानका बिषयमा पत्रकारहरु संग दाेहाेराे छलफल र आयका चुनाैतीहरुकाे बिषयमा छलफल गरिएकाे छ ।
कार्यक्रमकाे संचालन हेमराज बमले गर्नु भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक सिट जितेर पनि एमाले राष्ट्रिय सभामा पहिलो दल

२०७८ माघ ११, मंगलवार १५:४१
पाँच दलीय गठबन्धनको घेराबन्दीबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सभामा एक सिट जित्न सफल भएको छ। १९ सांसदको चार वर्षे कार्यकाल सकिएपछि बुधबार भएको मतदानमा एमालेले प्रदेश १ बाहेक अन्य ६ प्रदेशमा भने ७ सिट गुमाएको छ। राष्ट्रियसभामा अहिले एमालेको २४ सिट छ। तर सात सिट गुमाउँदा पनि ऊ पहिलो […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.