खाँडाचक्र–७ को वडाध्यक्षमा फेरि पनि मल्ल बिजयी

प्रतिभा ऐडि   ।   २०७८ मंसिर २९, बुधबार १५:३०

कालिकोट । खाँडाचक्र नगरपालिका–७ को वडाध्यक्षमा बुधबार पुनःमत गणना हुँदा एक मतको अन्तरले फेरी पनि नेकपा(एमाले) सूर्य चिन्हका उम्मेदवार रजबहादुर मल्ल बिजयी हुनु भएको छ ।
वडाध्यक्षका प्रत्यासी माओवादी केन्द्रबाट गोलाकार भित्रको हसिया हतौडो चिन्हबाट उम्मेदवार दिपक कार्कीले २०७४ जेठ ५ गते भएको मत गणना चित्त नबुझेको भन्दै अदालतमा उजुरी दिएका थिए ।
जिल्ला अदालत कालिकोटले सोही मत गणनालाई सदर गर्ने फैसला गरेपनि उच्च अदालतले पुनःमत गणना गर्नु भनि फैसला सुनाएपछि उच्च अदालत जुम्लामा आज मतगणना भएको हो ।
कुल खसेको २ सय ९६ मतमा रजबहादुर मल्लले १ सय ४२ मत प्राप्त गरि विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी दिपक कार्कीले १ सय ४१ मत पाउनु भएको जिल्ला निर्बाचन कार्यालय कालिकोटका प्रमुख धनबहादुर मल्लले जानकारी गराउनु भएको छ । उहाँका अनुसार १३ मत बदर भएका छन ।
यस्तै पुन मत गणनामा दलित महिला तर्फका एमाले उम्मेदवार कुजी विकले पहिले पाएको मत भन्दा एक मत बढाएर १ सय ३८ मत प्राप्त गर्नु भएको छ  भने माओवादी केन्द्रकी उम्मेदवार दाना विकले १ सय ३५ मत प्राप्त गर्नु भएको बताइएको छ । प्रतिभा ऐडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सामाजिक परिक्षण तथा जिल्ला स्तरिय सल्लाहकार समितिकाे बैठक सम्पन्न

२०७८ मंसिर २९, बुधबार १५:३०
कालिकाेट । सुशसानमा नगरिक सहभागिता भन्ने मुल नाराकासाथ समाजिक परिक्षण तथा जिल्ला स्तरिय सल्लाहकार समितिकाे वैठक बिहीबार जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएकाे छ । सहकर्मी समाज कालिकाेटकाे आयाेजनामा सञ्चालित बैठक खाँडाचक्र नगरपािलका प्रमुख जसीप्रसाद पाण्डेकाे अध्यक्षतामा सुरु भएकाे हाे । कार्यक्रममा सहकर्मी समाजका जिल्ला संयाेजक चेतराज भट्टले कार्ययक्रमका बारेमा जानकारी […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.