नागरिक कार्य समुहको जिल्ला स्तरीय बैठक सम्पन्न

मानबहादुर बिश्वकर्मा   ।   २०७९ श्रावण ८, आईतवार ०७:०३

७ साउन, कालीकोट । दलित महिला संघ फेडोद्वारा सञ्चालित हाम्रो आवाज, हाम्रो परियोजना अन्तर्गत जिल्ला स्तरीय नागरिक कार्य समुह सिटिजन एक्सन ग्रुप (क्याग) को दोस्रो बैठक शनिबार सम्पन्न भएको छ ।

युराेपियन युनियन काे आर्थिक सहयाेग, प्लान ईन्टरनेश्ननल नेपाल तथा दलित महिला सघ (फेडाे ) नेपाल द्वारा सचालित हाम्रो आवाज हाम्रो राेजाई परियाेजना अन्तर्गतको जिल्ला स्तरीय नागरिक कार्य समुहका सदस्य हरुले दोस्रो बैठक सम्पन्न गरेका हुन् ।

नागरिक कार्य समुहका जिल्ला संयोजक कालीबहादुर मल्लको अध्यक्षतामामा बसेको दोस्रो बैठकले जिल्ला स्तरमा गठन गरिएको सिटिजिजन एक्सन ग्रुपका सदस्यहरुलाई समाजमा रहेको महिला हिंसा, जातीय छुवाछूत, र बालबालिकाका क्षेत्रमा रहि यसलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गरेको छ ।

बैठकमा सहभागी जिल्लाका सदस्यले समिति गठन गरेर मात्रै नहुँने बताउँदै समाजको वास्तविक घटनाक्रम लाई सम्बन्धित निकायसम्म पुर्‍याई यसको समाधान र न्यूनीकरण गर्नमा समेत जोड दिनुपर्ने बताएका छन् ।

गठन गरिएको जिल्ला स्तरीय नागरिक कार्य समुहले अबको निश्चित एक्सन र एजेन्डामा आधारित रहि काम गर्नुपर्ने समेत बैठकमा बताइएको छ ।

दलित महिला संघ फेडोद्वारा सञ्चालित हाम्रो आवाज, हाम्रो रोजाई परियोजनाले कालीकोटका ४ वटा स्थानीय तहमा बालबालिका, एकल महिला, दलित महिला, जातीय छुवाछूत र युवा सशक्तीकरण सम्बन्धि काम गर्दै आइरहेको छ ।

जिल्ला स्तरीय दोस्रो बेैठकमा मानवअधिकारकर्मी, पत्रकार, दलितअधिकारकर्मी, अपांग, एकल महिला, दलित महिला लगायतलाई समाबेश गरि जिल्ला स्तरीय नागरिक कार्य समिति गठन गरिएको थियो ।

प्लान्ट इन्टरनेशनल नेपाल र फेडो नेपालको संयुक्त साझेदारीमा सञ्चालन गरिएको उक्त परियोजनाले जिल्लाका ४ वटा स्थानिय तहमा पनि नागरिक कार्य समुहका सदस्यलाई उपस्थित गराई आजै दोस्रो बैठक सम्पन्न गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल प्रेस युनियनको अध्यक्षमा शेखर समूहका शिव लम्साल विजयी

२०७९ श्रावण ८, आईतवार ०७:०३
काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शेखर–गगन समूहका शिव लम्साल विजयी भएका छन् । कांग्रेसनिकट पत्रकारहरूको संगठन प्रेस युनियनको महाधिवेशन यही ६ र ७ साउनमा हेटौँडामा भएको थियो । उक्त महाधिवेशनमा संस्थापनबाट अनिता बिन्दु र संस्थापनइतरबाट शिव लम्सालले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.