अधिकारकर्मीनै जातीय विभेदका घटनाबाट पीडित

खबरखाेज समाचारदाता   ।   २०७९ पुष ९, शनिबार १५:३९

कालिकोट । यहाँ जिल्लामा लामो समयदेखि मानव अधिकारको क्षेत्रमा वकलत गदै आउनु भएका अधिकारकर्मी तथा पत्रकार ३५ वर्षीय विर तिरुवा जातीय विभेदको घटनाबाट पीडित हुनु भएको छ ।
रास्कोट नपा–५ निवासी साझा खबर अनलाइनमा कार्यरत पत्रकार एवम दलित  अधिकारकर्मी तिरुवालाई सोही नपा–१ का ३० वर्षीय अशोक शाही, उहाकी  पत्नी २७ वर्षीया साविना शाही, साली  २४ वर्षीया पशुविना शाही (प्रीया) र २७ वर्षीया मैना शाहीले सार्वजनिक स्थलमा जातीय विभेद गरी गालि गलोज र अपमानीत गरेपछि उहाँ पीडत हुनु भएको हो ।
तिरुवाले आफूलाई समाजिक रुपमा खलल् पुग्ने गरी गालि गरेको र सिंगोे दलित समुदायको अपमान गरी भेदभाव गरेको हुँदा पीडकलाई जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ र (पहिलो संशोधन) ऐन, २०७५ को दफा ३ को उपदफा १२ अनुसार अनुसार हदैसम्मको सजाय गरिपाउँ भनि शुक्रबार जिल्ला प्रहरी कार्यालय कालिकोटमा जाहेरी दर्ता गराउनु भएको छ ।
पीडितलाई आरोपितले पुस ६ गते सार्वजनिक स्थलमा ‘विभेदित शब्द’ प्रयोग गर्दै गाली गर्नुका साथै अपमान गरेको पीडितले आरोप लगाउनु भएको छ । साथै आरोपीहरुले सामाजिक सञ्जाल  फोसबुक मार्फत पनि जातीय विभेद हुँने खालका विभिन्न अश्लील शब्दहरू प्रयोग गर्दै गाली गलौज गरेको बताउनु भएको छ ।
जातीय विभेद तथा दुव्र्यवाहर गरेको भन्दै पीडितपक्षबाट जातीय छुवाछुत तथा दुव्र्यवाहर सम्बन्धी उजुरी अएकाले घटनाका विषयमा खोज अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख जयश्वर रिमालले नेपाल समाचारपत्रलाई जानकारी गराउनु भयो ।
जताीय विभेद घटनाका आरोपीत शाहीको प्रतिक्रया लिनका लागि सम्पर्क गर्न टेलिफोन गर्दा सम्पर्क हुन सकेन ।
नेपालको संविधान २०७२ को धारा २४ मा दलितको हक र धारा ४० मा छुवाछुत तथा जातीय विभेद विरुद्धको हकको व्यवस्था गरिएको छ ।
यस्तै कसैले जातीय भेदभाव तथा छुवाछुत गरेमा मुलुकी अपराध संहिता २०७४ को दफा–७ उपदफा(१) अनुसार तीन महिना देखि तीन वर्षसम्म कैद वा १ हजार रुपियाँदेखि २५ हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएकाे छ । नेपाल समाचारपत्रमा छापिएकाेे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१६ वर्षीया बालिका बनिन महिला तथा बालवालिका शाखा प्रमुख

२०७९ पुष ९, शनिबार १५:३९
कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिकामा विहिबार १६ वर्षकि एक बालिका महिला बालवालिका तथा जेष्ठनागरिक शाखा प्रमुख बनेकि छन । महिला तथा बालवालिका का क्षेत्रमा राज्यले लगानि तथा सेवा प्रबाह बढाउनु पर्ने र हरेक क्षेत्रमा वालवालिकाहरुको सहभागिता हुनु पर्ने भन्दै विभिन्न वालवालिका सम्बन्धि ऐन कानुनहरु बनायता पनि कार्यन्वयन पक्षमा भने फितलो […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.