युवाहरुका लागि नमुना युवा संसद अभ्यास तालिम सुरु

खवरखाेज समाचारदाता   ।   २०७९ फाल्गुन ६, शनिबार १२:५५

नमुना युवा संसद अभ्यास प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । नेपालको संसदीय अभ्यासमा गरिने तरिका युवाहरुलाई स्थानिय, प्रदेश सभा र सघिय संसदमा संसदीय अभ्यासको नमुना सिप तथा तरिका बारे युवाहरुलाई उत्प्रेरणा जगाई प्रशिक्षीत गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो ।
नेपालको संसदमा हुने संसदीय भुमिकाको नमुना संसद र लोक्तान्त्रीक गणतान्त्रात्म प्रणालीमा युवाहरु राजनैतिक तथा सामाजिक आन्दोलनमा युवाहरुको सहभागितालाई सकारात्मक प्रभाव पर्ने र राजनैतिकरुपमा संलंघन युवाहरुलाई भावि राजनीति वा सामाजिक जिवनमा उपयोग हुने संसदिय अभ्यासमा उपयुक्त हुने भएकोले सो तालिमको आयोजना गरिएको हो ।
तालिमको उद्घाटन सभारोहमा कणाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री टेकराज पछाईको प्रमुख आथित्यता, फेडो नेपालका केन्द्रिय उपाध्यक्ष मन्जु सुनारको अध्यक्षता र प्लान ईन्टरनेश्नल नेपालका कर्णाली प्रदेश क्षेत्रीय संयोजक मिना पराजुली लगात राष्ट्यि युवा परिषद्का सदश्य स्यामकाजि खत्रीको उपस्थीति रहेको थियो ।
तालिमको शुभकामना मन्तव्यका क्रममा प्रमुख अथिति तथा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री टेकराज पछाईले युवा भविश्यका कर्णदार र वर्तमानका साझ्दार हुन, युवाहरु अव यो समाजका लागि केहि गर्नु पर्ने जिम्मेवारी छ । युवाहरुले नेपालको संसदीय व्यावस्थालाई राम्रो संग निहाली वा सिकी जाने हो भने आगामी सरकारको नेतृत्व युवाहरुले गर्नुपर्ने भए त्यो संसद वा सभाको गरिमा र सभ्यताको पहिचान हुनेमा जोड दिएका छन । कणालीमा अधित्तम रुपमा युवाहरुले सरकारको नेतृत्व गरेकोले हाल कणाली प्रदेशले अवको ५ वर्ष भित्र १० लाख युवालाई रोजगारी श्रृजना गर्ने र युवाहरु पत्यक्ष राजनिति तथा सामाजिक नेतृत्व सहित युवाहरुको अर्थपुर्ण भुमिका खेल्ने रणनीतिका साथ अघिबड्ने प्रतिवद्धता गरेका छन । युवाहरुले समाजका सार्वजनिक सरोकारका बिषयमा रचनात्मक खवदारी, जवाफदेहि र र्पादशिताका साथ सुशासनको प्रत्याभुत गर्नमा युवाहरुको काघमा जिम्मेवारी आएको छ । यसमा कणाली प्रदेश सामाजिक विकास मन्त्रालय हरदम हरपल पुर्णरुपमा साथ र सहयोग गर्ने समेत प्रतिवद्धता गरेका छन ।
नेपाल सरकारले राष्ट्यि युवा नीति २०७२ लागु गरि १६ देखि ४० बर्ष समुहका व्याक्तिहरुलाई युवाको रुपमा परिभाषा गरेको छ । नेपालको जनसंख्याको ४०.३४ प्रतिशत युवा मध्ये ५४ प्रतिशत युवा वेरोजगारका सिकार भएका छन । नेपालमा २० देखि २४ बर्ष उमेश समुहका ४६ प्रतिशत युवाहरु समुह तथा व्याक्तिबाट प्रयोग छन भने २७ं.८७ प्रतिशत युवा छोटो तथा लामो सिपमुलक तालिम प्राप्त गरेका छन र ८०.३३ प्रतिशत युवाहरु जिवन उपयोगि सिप सम्वन्धि शिक्षाको बारेमा थाहानै छैन भन्ने विषयमा जानकारी दिनु भएको छ ।
तालिममा कालीकोट, दैलेख, जाजरकोट, जुम्ला, रुकुम पश्चिम र सुर्खेत जिल्लाका २५ जना युवाहरुको सहभागितामा राष्ट्यि युवा परिषदको सहजिकरणमा तालिम सुरु भएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग , प्लान इन्टरनेश्नल नेपाल र दलित महिला संघ (फेडो ) नेपालको साझेदारीमा संचालिम हाम्रो आवाज हाम्रो रोजाई परियोजना अन्तर्गत नमुना युवा संसद अभ्यास प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरिएको हो ।
तालिमको सरहजीकरण राष्ट्यि युवा परिषद्का सहजकर्ता प्रकास उपाध्याय, श्याम काजी खत्री र निर्मला गौतमले गर्नुहुने भएको थियो भने कार्यक्रम संचालन फेडो नेपालका राष्ट्यि पैरवी संयोजक साबी बि.कले गर्न भएको फेडो नेपालका कालीकोट जिल्ला परियोजना संयोजक रमेश नेपालीले जानकारी दिनुभएको छ । तालिम आज देखि ६ दिन सम्म संचालन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालिका हत्या घटनाका आरोपित १८ महिना पछि पक्राउ

२०७९ फाल्गुन ६, शनिबार १२:५५
कालिकोट फागुन ९ । खाँडाचक्र नगरपालिका–६ दाँहाकी १६ वर्षीया निरू विकको हत्या घटनाका आरोपी १८ महिना पछि सोमबार खाँडाचक्र नपा–६ का ४७ वर्षीय अने नेपाली र ३० वर्षीया कमला विकलाई प्रहरीले पक्राउ गरेको छ । ०७८ भदौ ४ गतेबाट हराएकी बालिका विकको आधा शरीर बाँकी रहेको शव ०७८ भदौ ७ […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.