राष्ट्रिय लाेकतथा दाेहाेरि प्रतिस्थानकाे अध्यक्षमा सिम्खाडा

खबरखाेज संबादाता कालिकोट   ।   २०७७ पुष २०, सोमबार १९:५०

कालिकाेट : राष्ट्रिय लाेकतथा दाेहाेरि गित प्रतिस्थानकाे कालिकाेट जिल्ला अध्यक्षमा पत्रकार तथा लाेक गायक विश्वनाथ सिम्खाडा सर्वसहमत निर्वाचित भएका छन ।
देशैभर जिल्ला शाखाकाे नेतृत्व चयन गर्दै गर्दा पुर्ब केन्दिय सदस्य तथा पर्देश कमिटि सल्लाहकार कृष्णराज धमालाकाे अगुवाइमा शाखा गठन गरिएकाे हाे ।
गायक सिम्खाडाकाे अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति र पाँच सदस्यीय सल्लाहाकार समिति चयन भएकाे छ ।
साेमवार सदरमुकाम मान्ममा भेला गरि अध्यक्ष विश्वनाथ सिम्खाडा, उपाध्यक्षमा वसन्त विश्वकर्मा , सचिव पत्रकार तथा सर्जक पुष्पराज भट्टराई , काेषाध्यक्षमा गायिका प्रेरण विश्वकर्मा , लगायत १९ सदस्यीय जिल्ला कार्यसमिति बनेकाे छ ।
यस्तै पत्रकार तथा गायक भरतराज विष्टकाे संयोजकत्वमा पाँच सदस्यीय सल्लाका समिति बनेकाे छ । सल्लाहकारमा साहित्यकार तथा सर्जक पुष्पराज अाचार्य, नगेन्द विष्ट, मध्यतथा सुदुरपश्चिमका देउडा सम्राट् तथा लेखक नेत्रकाराज शाहि( माैशम) कलाकार दिनेश संज्याल रहेका छन ।
भेलाले लाेकदाेहाेरि प्रतिस्ठान शाखा कालिकाेट लाई मजवुति ढंगमा अगाढि बढाउन विभिन्न निर्णय समेत गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जन्मदिनको अवसरमा विरामिलाई फलफुल वितरण गर्दै युवा नेता विष्ट

२०७७ पुष २०, सोमबार १९:५०
कालिकोट नेविसंघका कार्यबाहक अध्यक्ष  युवा नेता जगतजंग बिष्टले स्वास्थ्य सेवा कार्यालय कालिकोटमा जन्मदिनको अवसरमा २४ जना बिरामीहरुलाई फलफूल वितरण गरेर जन्मदिन मनाउनु भएकाे छ। आफ्नो जन्म दिनमा आफुले- ठुलो होटेलमा पाटी गरेर जन्मदिन मनाउनु भन्दा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेर सानो सहयोग गरेको र दिन दुखिकाे साहारामा म […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.