कर्णाली प्रदेशमा नौ जना कोरोना संक्रमित थपिए

६ महिने बालक पनि संक्रमित

नीस्ता कार्की   ।   २०७७ श्रावण २५, आईतवार १६:२८

सुर्खेत साउन २५ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६ महिने बालकसहित नौ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएका छन् ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणबाट आइतबार थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये जुम्लाका चारजना, सुर्खेत र कालीकोटका दुईरदुईजना र दैलेखका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
आइतबार देखिएका संक्रमितहरुमध्ये कालीकोटको पचालझरणा गाउँपालिका(४ का ६ महिने बालकदेखि वीरेन्द्रनगर ४ सुर्खेतकी ६१ वर्षीया जेष्ठ नागरिकसमेत रहेकी छन । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९७९ पुगेको छ ।
यस्तै, कर्णाली मा आइतबार थप १२ जना डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १८८० पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।
कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ९३ जना आइसोलेसनमा रहेका छन् ।
फोटो अनलाइन खबरबाट

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सामुदायिक वन दिवस कालिकोटमा पनि मनाइयो

२०७७ श्रावण २५, आईतवार १६:२८
कालिकोट साउन २५ । ‘समृद्धिका लागि सामुदायिक वन,उत्पादन र उत्पादकत्व बृद्धिमा योगदान’ भन्ने मुल नारकासाथ आजा कालिकोट जिल्लामा सामुदायिक वन दिवस भव्यताकासाथ मनाइएको छ । सामुदायिक वन महासंघ जिल्ला महासंघको आयोजनामा जिल्लाको खाडाँचक्र नगरपालिका ८ मा रहेको काउलेखोला मोटाकाँध समुदायिक वनमा बृक्षा रोपण गरेर सामुदायिक वन दिवस मनाइएको हो । […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.