दैलेखमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

खबरखाेज समाचारदाता   ।   २०७९ फाल्गुन २, मंगलवार १२:४८

कालिकोट । दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।

गुराँस गाउँपालिका-८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरि हत्या गरेका हुन् ।

श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १० बजे कृष्णबहादुरले ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी किशोर लम्सालले जानकारी दिए ।

`घरमा उहाँहरू दुईजना मात्रै  बस्दै आउनुभएको रहेछ ।विवाद भएपछि श्रीमानले काठको गरालोले हान्दा घटना स्थलमै  मृत्यु भएको पाइएको छ,´ डीएसपी लम्सालले भने ।

स्थानीयवासीका अनुसार विगत केही दिनदेखि श्रीमान् र श्रीमति बीचमा विवाद हुँदै आएको थियो । सोही विवाद बढ्दै गएपछि कृष्णबहादुरले श्रीमती पार्वतीलाई कुटपिट गरेका थिए ।

गत मंसिरमा मात्रै उनिहरुको परिवारले विवाह गराई दिएका थिए ।

प्रहरीका अनुसार दुवैजना शारीरिका रुपमा अशक्त थिए । `श्रीमान् कान सुन्न नसक्ने र श्रीमती पनि शारीरिक रुपमा अशक्त रहेको पाइएको छ । घटनाबारे थप अनुसन्धान भै रहेको छ,´ डीएसपी लम्सालले भने ।

कृष्णबहादुर सुन्न नसक्ने भएकाले अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ ।

शवलाई दैलेख जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको र केटीको परिवारले जाहेरी दिने तयारी गरेको डीएसपी लम्सालले जानकारी दिए ।

अनलाइन खबरमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेको ‘ग्रास रुट’ अभियान आजवाट सुरु, देशैभरी को को खटिदैछन ? (सुचीसहित)

२०७९ फाल्गुन २, मंगलवार १२:४८
काठमाडौं। नेकपा एमालेका ‘ग्रास रुट’ अभियान आजवाट सुरु भएको छ । गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजवाट सञ्चालनमा आउन लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ फागुनमा सात प्रदेश र बिदेश प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.